Scripture Stories
मिश्रदेशका विपत्तिहरू


“मिश्रदेशका विपत्तिहरू,” पुरानो करारका कथाहरू (२०२१)

“मिश्रदेशका विपत्तिहरू,” पुरानो करारका कथाहरू

प्रस्थान ४–५; ७–१२

मिश्रदेशका विपत्तिहरू

परमप्रभुका विरुद्धमा फारोका छनोटहरू

छवि
मोशा र हारून फारोसँग कुरा गर्दै

मोशाले परमप्रभुमा विश्वास गरे र मिश्रदेश फर्के । मोशा र तिनका भाइ हारून फारोकहाँ गए र इस्राएलीहरूलाई स्वतन्त्र हुन देऊ र मिश्रदेश छोड भनेर तिनलाई अनुरोध गरे । फारो रिसाए र अस्वीकार गरे । उनले इस्राएलीहरूलाई अझै कडा परिश्रम गर्न बाध्य तुल्याए ।

प्रस्थान ४:१०–१६; ५:१–१८

छवि
नदी रगतमा परिणत हुँदै

किनभने फारोले परमप्रभुको कुरा सुनेनन्, मिश्रीहरू भयानक विपत्तिहरू सहित श्रापमा परे । पहिलो, मिश्रदेशको सबै पानी रगतमा परिणत भयो । मोशाले फारोलाई इस्राएलीहरूलाई जान दिन फेरि अनुरोध गरे तर फारोले मानेनन्‌ ।

प्रस्थान ७:१४–२५

छवि
भ्यागुताहरू मिश्रीहरूमा हाम फाल्दै

त्यसपछि, परमप्रभुले मिश्रदेशमा भ्यागुताहरू पठाउनुभयो । तिनीहरू जताततै थिए । फारोले भने कि यदि भ्यागुताहरू गए भने उनले इस्राएलीहरूलाई जान दिनेछन् । परमप्रभुले भ्यागुताहरूलाई जाने बनाउनुभयो, तर फारोले इस्राएलीहरूलाई जान दिएनन् । तब परमप्रभुले जुका र झिङ्गाहरू पठाउनुभयो ।

प्रस्थान ८:१–३२

छवि
मिश्रीहरू र मृत जनावरहरू

त्यसपछि, मिश्रीहरूका सबै जनावरहरू मरे, तर इस्राएलीहरूको कुनै पनि जनावर मरेनन् । त्यसपछि मिश्रीहरूका शरीरमा पीडादायी घाउहरू भए।

प्रस्थान ९:३–१२

छवि
असिना र आगोको आँधीले मिश्रदेशलाई ध्वस्त पार्दै

असिना र आगोसहितको ठूलो आँधी पनि मिश्रदेशमा आयो । यसले भयानक विनाश निम्त्यायो ।

प्रस्थान ९:२२–३५

छवि
सलहले बाली खान्छ

फारोले अझै पनि इस्राएलीहरूलाई जान दिएनन् । तब परमप्रभुले सलहहरू पठाउनुभयो र तिनीहरूले सबै मानिसहरूको खाना खाए ।

प्रस्थान १०:१२–२०

छवि
फारो

त्यसपछि त्यहाँ तीन दिन अन्धकार भयो । धेरै विपत्तिहरूको समयमा, फारोले विपत्तिहरू रोकिएमा इस्राएलीहरूलाई जान दिने वाचा गरे तर उनले हरेक पटक झूट बोले ।

प्रस्थान १०:२१–२३, २७

छवि
मोशा र परिवार

नौवटा फरक विपत्ति पछि, फारोले इस्राएलीहरूलाई जान दिएनन् । परमप्रभुले मोशालाई अर्को भयानक विपत्ति आउनेछ भन्नुभयो । परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूको स्वतन्त्रताको पर्खाइमा डोऱ्याउनुभयो र रक्षा गर्नुभयो ।

प्रस्थान ११:४–७; १२:१–१३

प्रिन्ट गर्नुहोस्