Scripture Stories
गिदोनका सेना


“गिदोनका सेना,” पुरानो करारका कथाहरू (२०२२)

“गिदोनका सेना,” पुरानो करारका कथाहरू

न्यायकर्ताहरू ६–७

गिदोनका सेना

युद्धमा परमप्रभुमा भरोसा राख्दै

छवि
मिद्धानीहरू खाना चोर्दै

इस्राएलका मानिसहरू धेरै वर्षसम्म आशीषित थिए । तर तिनीहरूले परमप्रभुका आज्ञा पालना नगर्ने छनोट गरे । तिनीहरूलाई उहाँलाई सम्झन सहयोग गर्नका लागि, परमप्रभुले तिनीहरूका शत्रुहरू मिद्धानीहरूलाई तिनीहरूका खाना र जनावरहरू लैजान दिनुभयो । इस्राएलीहरू भोकाएका थिए, त्यसैले तिनीहरूले परमप्रभुलाई सम्झे र उहाँलाई सहयोगका लागि प्रार्थना गरे ।

न्यायकर्ताहरू ६:१–७

छवि
एक स्वर्गदूत गिदोनसँग कुरा गर्दै

गिदोन एक गरिब परिवारका मानिस थिए । परमप्रभुले एक स्वर्गदूतलाई इस्राएललाई मुक्त गर्नका लागि उनलाई बोलाउन पठाउनुभयो । किन परमप्रभुले उनलाई छान्नुभयो भनेर गिदोन छक्क परे ।

न्यायकर्ताहरू ६:११–१५

छवि
नष्ट गरिएको मूर्तिको छेउमा गिदोनसँग रिसाएका मानिसहरू

परमप्रभुले गिदोनलाई इस्राएलीहरूले झूटा देवताहरूको पूजा गर्ने ठाउँहरू नष्ट गर्न भन्नुभयो । जब गिदोनले आज्ञा पालन गरे, मानिसहरू रिसाए ।

न्यायकर्ताहरू ६:२५–२७

छवि
गिदोनको बुबा रिसाएका मानिसहरूबाट उनलाई जोगाउँदै

इस्राएलीहरू गिदोनलाई मार्न चाहन्थे । तर उनलाई चोट नपुर्याउन गिदोनका बुबाले तिनीहरूलाई विश्वास दिलाए । गिदोनलाई सुरक्षित राखिएको थियो ।

न्यायकर्ताहरू ६:२८–३२

छवि
गिदोन प्रार्थना गर्दै

गिदोनले इस्राएललाई मुक्त गर्न सक्छन् भन्ने सोचेका थिएनन् । मिद्धानी सेनामा १,३५,००० भन्दा बढी सिपाहीहरू थिए । तर परमप्रभुले गिदोनलाई वुद्धि र बल दिनुभयो ।

न्यायकर्ताहरू ६:१३–१६; ८:१०

छवि
सैनिकहरू सेना छोड्दै

परमप्रभुले तिनीहरूले आफ्नैले नभई उहाँको शक्तिले जित्न सक्छन्भनेर इस्राएलीहरूले थाहा पाऊँन् भन्ने चाहनुहुन्थ्यो । इस्राएलसँग ३२,००० सिपाहीहरू मात्र भएतापनि, परमप्रभुले गिदोनलाई डराएका सिपाहीहरूलाई घर पठाउन भन्नुभयो । २२,००० घर गएपछि, १०,००० सिपाहीहरू सहित इस्राएलीहरू बाँकी रहे ।

न्यायकर्ताहरू ७:२–३

छवि
पानी बाट पिउँदै सैनिकहरू

परमप्रभुले भन्नुभयो कि १०,००० भनेको अझै धेरै सिपाहीहरू हुन्। उहाँले गिदोनलाई सेनालाई पानीमा लैजान भन्नुभयो । सिधै तिनीहरूका मुखले पानी पिउनेलाई घर पठाइयो । पानी पिउन हात प्रयोग गर्नेहरू बस्न सक्थे। अब ३०० जना मात्र बाँकी थिए ।

न्यायकर्ताहरू ७:४–७

छवि
तुरही र बत्तीहरू लिएर मिद्धानी शिविर वरिपरि इस्राएली सिपाहीहरू

अन्तमा, इस्राएलीहरू लड्न तयार भए। मिद्धानीहरूलाई कसरी हराउने भनेर परमप्रभुले गिदोनलाई देखाउनुभयो । तिनीहरूलाई तर्साउन गिदोनले आफ्ना सेनाहरूलाई तुरही र बत्तीहरू प्रयोग गर्न भने । कोलाहल र बत्तीहरूले मिद्धानीहरूलाई यति धेरै अलमल्लमा परे कि तिनीहरू आपसमा लड्न थाले । त्यसपछि तिनीहरू चिच्याए र भागे ।

न्यायकर्ताहरू ७:१६–२२

छवि
गिदोन सिपाहीहरूअगुवाइ गर्दै

गिदोनले परमप्रभुमाथि विश्वास गरेका हुनाले, इस्राएलीहरूले ठूला मिद्धानी सेनालाई मात्र ३०० सिपाहीहरू सहित पराजित गरे । परमप्रभुले इस्राएलका मानिसहरूलाई मुक्त गर्नुभयो ।

न्यायकर्ताहरू ७:२३–२५

प्रिन्ट गर्नुहोस्