Scripture Stories
युवा दाऊद


“युवा दाऊद,” पुरानो करारका कथाहरू (२०२२)

“युवा दाऊद,” पुरानो करारका कथाहरू

१ शमुएल १६

युवा दाऊद

एउटा गोठालो बालकलाई राजा बन्न बोलाइयो

छवि
शमुएल यात्रा गर्दै

परमप्रभुले अगमवक्ता शमुएललाई नयाँ राजा खोज्न पठाउनुभयो । त्यस समयमा राजा भएका शाऊलले परमप्रभुको पछि लाग्न छोडेका थिए । परमप्रभुले शमुएललाई बेथलेहेममा यात्रा गर्न र यीशै नाम गरेको मानिसलाई भेट्न भन्नुभयो । नयाँ राजा यीशैका छोराहरूमध्ये एक हुनेछन् ।

१ शमुएल १६:१–५

छवि
शमुएल र यीशैका छोराहरू

यीशैका जेठा छोराहरू अग्ला र बलिया थिए । तर परमप्रभुले शमुएललाई तिनीहरूको आकृति अनुसार न्याय नगर्न भन्नुभयो ।

१ शमूएल १६:६–१०

छवि
शमुएल यीशैसँग कुरा गर्दै

तिनका अरू छोराहरू छन् कि भनेर शमुएलले यीशैलाई सोधे । यीशैले आफ्नो कान्छो छोरा दाऊदले भेडाको हेरचाह गरिरहेको बताए । दाऊदलाई शमुएलकहाँ ल्याइयो ।

१ शमुएल १६:११

छवि
शमुएल र यीशैले गोठालो बालक दाऊदलाई हेर्दै

दाऊद आफ्ना दाजुहरूभन्दा साना थिए र गोठालो बालक मात्रै थिए । तर दाऊद कस्ता देखिन्थे भनेर परमप्रभुले वास्ता गर्नुभएन । दाऊदको हृदय आस्थाले भरिएको थियो भनेर परमप्रभुलाई थाहा थियो । उहाँले शमुएललाई दाऊद राजा हुनेछन् भनी बताए । शमुएलले दाऊदलाई आशीर्वाद दिए । परमप्रभुको आत्माले दाऊदलाई राजा हुन तयार पार्‍यो ।

१ शमुएल १६:१२–१३

प्रिन्ट गर्नुहोस्