Scripture Stories
याकूब र एसाव


“याकूब र एसाव,” पुरानो करारका कथाहरू (२०२१)

“याकूब र एसाव,” पुरानो करारका कथाहरू

उत्पत्ति २५-२७

याकूब र एसाव

दुई भाइ र जन्मसिद्ध अधिकार

छवि
एसाव र याकूब काम गर्दै

याकूब र एसाव इसहाक र रिबेकाका जुम्ल्याहा बालकहरू थिए । एसाव एक कुशल शिकारी थिए । याकूबले सादा जीवन बिताए र परमप्रभुलाई पछ्याए ।

उत्पत्ति २५:२०–२८

छवि
एसाव र इसहाक

एसाव पहिले जन्मेका थिए । सामान्यतया जेठाले आफ्नो बुबाबाट जन्मसिद्ध आशीर्वाद प्राप्त गर्थ्यो । जन्मसिद्ध अधिकारको अर्थ उसले परिवारको नेतृत्व गर्दछ र परिवारको हेरचाहका लागि बढी जमिन र जनावरहरू पाउनेछन् । तर एसावले आफ्नो परिवारको भन्दा आफ्नो बारेमा बढी चासो राखे र तिनले आफ्ना आमाबुबा र परमप्रभुको अवज्ञा गरे ।

उत्पत्ति २५:२५, ३२; २६:३४–३५

छवि
याकूबले एसावलाई खाना दिन्छन्

एक दिन एसाव शिकार गरेर फर्के । तिनी धेरै भोकाएका थिए र याकूबलाई खुवाउन बिन्ती गरे । परमप्रभुले याकूबलाई जन्मसिद्ध आशीर्वाद पाएको चाहनुहुन्थ्यो किनभने एसाव यसका लागि योग्य थिएनन् । याकूबले एसावलाई केही खानेकुरासँग जन्मसिद्ध अधिकार लेनदेन गर्न आग्रह गरे । एसाव सहमत भए र आफ्नो जन्मसिद्ध अधिकार याकूबसँग लेनदेन गरे ।

उत्पत्ति २५:२३, २९-३४; हिब्रू ११:२०

छवि
रिबेका र इसहाक

रिबेका र इसहाकले आफ्ना छोराछोरीहरूको लागि सबैभन्दा राम्रो कुरा चाहन्थे । एसावले परमप्रभुले चाहेको कुरा होइन, आफूले चाहेका कुराहरू गरिरहँदा तिनीहरू दुःखी भए ।

उत्पत्ति २६:३४–३५

छवि
इसहाक एसावसँग कुरा गर्दै

इसहाक बुढो र अन्धो भए । आफ्नो मृत्यु हुनु अघि, उनले खाएर रमाउनका लागि एसावलाई जनावरको शिकार गरी पकाउन भने ।

उत्पत्ति २७:१-४

छवि
रिबेका एसावलाई हेर्दै

इसहाकले जन्मसिद्ध आशीर्वाद दिने समय आएको थियो भनेर रिबेकालाई थाहा थियो ।

उत्पत्ति २७:५

छवि
रिबेका याकूबसँग कुरा गर्दै

रिबेकाले याकूबलाई दुईवटा जनावरहरू ल्याउन भनीन् ताकि एसाव फर्कनु अघि उनले खाना पकाउन सकून् । त्यसपछि याकूबले आशीर्वाद पाउनेछन् ।

उत्पत्ति २७:६-१७

छवि
इसहाक याकूबलाई आशीर्वाद दिँदै

याकूबले एसाव जस्तै लुगा लगाएर आफ्ना बुबालाई खाना ल्याए । इसहाकले याकूबलाई जन्मसिद्ध आशीर्वाद दिए । जब एसाव फर्के, तिनी याकूबसँग धेरै रिसाए । तर जन्मसिद्ध अधिकार याकूबमा गयो किनभने उनले परमप्रभुका आज्ञाहरू पालना गरे र एसावले गरेनन् ।

उत्पत्ति २७:१८-२९

प्रिन्ट गर्नुहोस्