Scripture Stories
दाउद र गोल्यत


“दाउद र गोल्यत,” पुरानो करारका कथाहरू (२०२१)

“दाउद र गोल्यत,” पुरानो करारका कथाहरू

१ शमूएल १७

दाउद र गोल्यत

विशाल चुनौतीको सामना गर्दै

छवि
गोल्यत

पलिस्तहरूले इस्राएलीहरूलाई आक्रमण गर्दै । हरेक बिहान गोल्यत नाम गरेको विशाल पलिस्तले इस्राएलीहरूलाई ऊसँग लड्न चुनौती दिन्थ्यो । गोल्यत अरू कोही भन्दा ठूलो र अग्लो थियो र ऊ भयङ्कर थियो । उसले कवच लगाएको थियो र तरवार, भाला र ठूलो ढाल बोकेको थियो । कसैले ऊसँग लड्ने आँट गरेनन् ।

१ शमूएल १७:१–११

छवि
इस्राएलका सेना खाँदै

दाउद युवा गोठालो थिए जोसँग परमप्रभुमा आस्था थियो । उनका दाजुहरू इस्राएली सेनामा सिपाहीहरू थिए । एक दिन, दाउदले उनका दाजुहरूलाई केही खानेकुरा लगे । जब उनी सेनाको शिविरमा पुगे, उनले गोल्यतको चुनौतीलाई सुने ।

१ शमूएल १७:२०–२३

छवि
दाउद सिपाहीहरूसँग कुरा गर्दै

दाउदले किन कसैले इस्राएलको रक्षा नगरेको भनेर सिपाहीहरूसँग प्रश्न गरे । उनका दाजुहरू उनीसँग रिसाए र उनलाई जाऊ भेडाहरूको हेरचाह गर भने । तर दाउदलाई परमप्रभुले इस्राएलको रक्षा गर्नुहुन्छ भनेर थाहा थियो ।

१ शमूएल १७:२४–३०

छवि
दाउद राजा शाऊलसँग कुरा गर्दै

राजा शाऊललाई दाउदको आस्थाका बारेमा थाहा थियो, त्यसैले उनले दाउदलाई हेर्न अनुरोध गरे । दाउदले राजा शाऊललाई उनलाई गोल्यतसँग लड्न डर नलाग्ने बताए । दाउदले बताए कि एक पटक जब उनी आफ्ना भेडाहरूको रेखदेख गर्दै थिए, उनले सिँह र भालुलाई मारे । त्यतिबेला परमप्रभुले उनलाई रक्षा गर्नुभयो र दाउदलाई थाहा थियो कि परमप्रभुले अहिले पनिउनलाई आहिले रक्षा गर्नुहुनेछ ।

१ शमूएल १७:३१–३७

छवि
दाउद कवच लगाउन प्रयास गर्दै

शाऊलले दाउदलाई आफ्नो कवच दिए । तर त्यो मिलेन, त्यसैले दाउदले त्यो निकाले । उनले बिना कुनै कवच लड्ने निर्णय गरे ।

१ शमूएल १७:३८–३९

छवि
दाउद ढुङ्गा समात्दै

दाउदले पाँचवटा चिल्ला ढुङ्गाहरू जम्मा पारे र तिनीहरूलाई झोलामा हाले । उनले आफ्नो घुयेँत्रो र गोठालोकोलठ्ठी लिए र गोल्यतको सामना गर्न गए ।

१ शमूएल १७:४०

छवि
दाउद गोल्यतसँग कुरा गर्दै

जब गोल्यतले दाउदलाई देख्यो, ऊ करायो र उसको खिल्ली उडायो । उसले भन्यो गोठालो केटोले उसलाई जित्न सक्दैन । दाऊदले आफ्नो रक्षा गर्नका लागि परमप्रभुमा भरोसा राखेको भन्दै चिच्याए! दाउदले परमप्रभुको महानता देखाउनका लागि उनले गोल्यतलाई हराउछु भने ।

१ शमूएल १७:४२–४७

छवि
दाउद गोल्यतसँग लड्दै

दाउद गोल्यत तर्फ कुँदे । उनले तुरुन्तै आफ्नो घुयेँत्रोले ढुङ्गा हाने । ढुङ्गाले गोल्यतको निधारमा लाग्यो र विशाल मानिस भुइँमा ढल्यो । परमप्रभुले तरवार र कवच बिना नै गोल्यतलाई हराउन दाउदलाई सहयोग गर्नुभयो ।

१ शमूएल १७:४८–५०

छवि
दाउद र गोल्यतको शरीर

जब पलिस्तहरूले गोल्यतको मृत्यु भएको देखे, तिनीहरू डराएर भागे । इस्राएलीहरूले युद्ध जिते । दाउदले परमप्रभुमा विश्वास गरे र परमप्रभुले इस्राएलको रक्षा गर्नुभयो ।

१ शमूएल १७:५१–५३

प्रिन्ट गर्नुहोस्