Scripture Stories
अब्राहाम र इसहाक


“अब्राहाम र इसहाक,” पुरानो करारका कथाहरू (२०२१)

“अब्राहाम र इसहाक,” पुरानो करारका कथाहरू

उत्पत्ति १७; २१–२२

अब्राहाम र इसहाक

पिता, पुत्र र बलिदान

छवि
अब्राहाम, सारा र शिशु

परमप्रभुले प्रतिज्ञा गर्नुभए अनुसार अब्राहाम र साराको एक शिशु छोरा जन्मियो । तिनीहरूले उसको नाम इसहाक राखे ।

उत्पत्ति १७:९; २१:१–३

छवि
अब्राहाम इसहाकलाई सिकाउँदै

तिनीहरू इसहाकलाई माया गर्दथे । तिनीहरूले उनलाई सही छनोट गर्न र परमप्रभुमा विश्वास गर्न सिकाए ।

उत्पत्ति २१:८

छवि
सारा र अब्राहाम इसहाकलाई हेर्दै

इसहाकद्वारा सम्पूर्ण संसारलाई आशीषित् गर्न तिनीहरूको परिवार बढ्नेछ भनेर परमप्रभुले अब्राहाम र सारालाई प्रतिज्ञा गर्नुभयो । तर एक दिन परमप्रभुले अब्राहामलाई इसहाकलाई मोरीयाहको डाँडामा लैजान र इसहाकको बलि चढाउँन भन्नुभयो ।

उत्पत्ति १७:१–८; २२:१–२

छवि
अब्राहाम र इसहाक यात्रा गर्दै

डाँडाको बाटोमा, इसहाकले बलिका लागि थुमा कहाँ छ भनेर सोधे । अब्राहामले भने कि परमप्रभुले नै एउटा जुटाइदिनु हुनेछ ।

उत्पत्ति२२:४–८

छवि
अब्राहाम र इसहाकले वेदी बनाउँछन्

मोरीयाहको डाँडामा, अब्राहामले वेदी बनाए र त्यसमा दाउरा राखे ।

उत्पत्ति २२:८–९

छवि
अब्राहाम इसहाकको बलि दिन तयार हुँदै ।

परमप्रभुले आज्ञा गर्नुभए अनुसार अब्राहामले इसहाकलाई वेदीमा सुत्न लगाए । मुक्तिदाता येशू ख्रीष्टले आफ्ना पितालाई विश्वास गर्नुभए जस्तै इसहाकले अब्राहामलाई विश्वास गर्दथे ।

उत्पत्ति २२:९

छवि
स्वर्गदूत अब्राहाम र इसहाकसामु प्रकट हुँदै

जब अब्राहामले इसहाकको बलि दिन लागेका थिए, परमप्रभुका एक स्वर्गदूतले उनलाई रोके । अब्राहामले परमप्रभुमा आफ्नो आस्था देखाए । उनले परमप्रभुलाई सँधै पछ्याउने छन् भनेर अब्राहामलाई थाहा थियो ।

उत्पत्ति २२:१०–१२

छवि
झाडीमा अल्झिएको भेडा

अब्राहामले माथि हेरे अनि एउटा भेडा झाडीमा अल्झिएको देखे । परमप्रभुले बलिका लागि भेडा जुटाइ दिनुभयो ।

उत्पत्ति २२:१३

छवि
अब्राहम र इसहाक आकाशतिर हेर्दै

स्वर्गका पिताले आफ्ना पुत्र येशू ख्रीष्टलाई कसरी बलिदानका लागि सुम्पनु हुनेछ भन्ने सम्बन्धमा अब्राहाम र इसहाकले बुझे । परमप्रभु येशू ख्रीष्टले अब्राहाम माथि विश्वास गर्नुभयो किनभने उनले आज्ञा पालना गरे । अब्राहामले परमप्रभुको प्रतिज्ञामा विश्वास गरे भने एक दिन उनको परिवार आकाशका ताराहरूको सङ्ख्यामा भन्दा पनि बढी वृद्धि हुनेछ ।

उत्पत्ति २२:१७–१८; याकूब ४:५

प्रिन्ट गर्नुहोस्