Scripture Stories
योसेफ र अनिकाल


“योसेफ र अनिकाल,” पुरानो करारका कथाहरू (२०२२)

“योसेफ र अनिकाल,” पुरानो करारका कथाहरू

उत्पत्ति ४२-४६

योसेफ र अनिकाल

एक भाइले आफ्नो परिवारलाई एकतावद्ध गर्ने अवसर

छवि
याकूबले आफ्ना छोराहरूलाई मिश्रदेशमा पठाउँदै

अनिकालका कारण याकूबको परिवार भोकै थियो । त्यसैले याकूबले आफ्ना छोराहरूलाई खाना किन्न मिश्रदेशमा पठाए । तिनले आफ्नो कान्छो छोरा बेन्यामिनलाई घरमा नै राखे । उनी धेरै वर्ष अगाडि आफ्नो छोरा योसेफलाई गुमाए जस्तै बेन्यामिन गुमाउने डरले डराउँथे । उनका जेठा छोराहरूले योसेफलाई दासका रूपमा बेचेका थिए भनेर उनलाई थाहा थिएन ।

उत्पत्ति ४२:१-४

छवि
दाजुहरू खानाका लागि योसेफलाई सोध्दै

यस समय सम्म, योसेफ मिश्रदेशमा एक महान् अगुवा थिए । अनिकालको समयमा खाद्यान्न बेच्ने उनको जिम्मा थियो । दाजुहरूले योसेफलाई भेटे र उनीसँग खाना मागे । तिनीहरूले उनलाई चिनेनन् ।

उत्पत्ति ४२:५-८

छवि
योसेफ बोल्दै

योसेफले तिनीहरूलाई चिने तर तिनले उनीहरूलाई नचिनेको बहाना गरे । तिनले आफ्ना बुबा र भाइ बेन्यामिन जीवित छन् कि भनेर बुझ्नका लागि तिनीहरूको परिवारका बारेमा सोधे ।

उत्पत्ति ४२:१०-१४

छवि
दाजुहरू खाना लिएर जाँदै

त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई खाना दिए । तिनले उनीहरूलाई आफ्नो कान्छो भाइ बेन्यामिनलाई आफूसँगै नल्याएसम्म थप खानाका लागि नआउन भने ।

उत्पत्ति ४२:१५-२०

छवि
दाजुहरू मिश्रदेश फर्कदै

जब परिवारमा फेरि खाना सकियो, उनले बेन्यामिनलाई आफ्ना अन्य छोराहरूसँगै मिश्रदेशमा पठाउनु पर्छ भनेर याकूबलाई थाहा थियो । याकूब अझै पनि बेन्यामिनलाई जान दिन डराए । तर एकजना दाजु यहूदाले बेन्यामिनलाई सुरक्षित राख्ने प्रतिज्ञा गरे ।

उत्पत्ति ४३:१-१५

छवि
योसेफले दाजुहरूलाई चाँदीको कप चोरेको आरोप लगाए

जब दाजुहरू मिश्रदेश फर्के, योसेफले बेन्यामिनले चाँदीको कचौरा चोरेको जस्तो बनाए । उनी आफ्ना ठूला दाजुहरू परिवर्तन भएका छन् कि छैनन् भनेर हेर्न चाहन्थे । यहुदाले योसेफलाई बेन्यामिनलाई सजाय दिन नभई यहुदालाई सजाय दिन बिन्ती गरे ।

उत्पत्ति ४४

छवि
योसेफले आफु को हो भनेर देखाउँदै

आफ्ना दाजुहरू परिवर्तन भएको देखेर योसेफ खुसी भए । उनको रक्षा गर्न तिनीहरूले बेन्यामिनलाई पर्याप्त माया गर्थे । त्यसैले, अन्त्यमा, आफू को हो भनेर योसेफले उनीहरूलाई बताए ।

उत्पत्ति ४२:२१-२४; ४५:१–४

छवि
योसेफ आफ्ना दाजुहरूलाई अँगालो हाल्दै

दासका रूपमा बेचेकोमा योसेफले आफ्ना दाजुहरूलाई क्षमा दिए । यो तिनीहरूको परिवारलाई अनिकालबाट बच्न सहयोग गर्ने परमप्रभुको तरिका थियो भनेर जोसेफले भने ।

उत्पत्ति ४५:५-८

छवि
दाजुहरू याकूबतर्फ दगुर्दै

योसेफका दाजुहरू आफ्ना बुबा याकूबकहाँ फर्केर गए र के भएको थियो भनेर उनलाई सबै बताए । याकूबले आफ्नो सम्पूर्ण परिवारलाई मिश्रदेशमा सारे ।

उत्पत्ति ४५:२४–२८; ४६:१–२६

छवि
योसेफ र याकूब मिश्रदेशमा, फारो हेर्दै

फारोले याकूबको परिवारलाई स्वागत् गरे । उनले तिनीहरूलाई जमीन र जनावरहरू दिए ताकि तिनीहरूले प्रशस्त खाना प्राप्त गर्न सकून् । याकूबको परिवार लामो समयसम्म शान्तिमा बस्यो ।

उत्पत्ति ४५:१६–२३

प्रिन्ट गर्नुहोस्