Scripture Stories
पृथ्वीको सृष्टि


“पृथ्वीको सृष्टि,” पुरानो करारका कथाहरू (२०२१)

“पृथ्वीको सृष्टि,” पुरानो करारका कथाहरू

उत्पत्ति १–२; मोशा १–३; अब्राहाम ३–५

पृथ्वीको सृष्टि

स्वर्गका पिताका सन्ततिहरूका लागि सुन्दर घर

छवि
परमेश्वर र परमप्रभुले ब्रह्माण्ड सृष्टि गर्दै

परमेश्वर हाम्रा स्वर्गका पिताले स्वर्गमा मुक्तिको योजना प्रस्तुत गर्नुभयो । हामी सबै खुशीले चिच्यायौँ! हामी भौतिक शरीर प्राप्त गर्न पृथ्वीमा आउन सक्षम हुने भयौँ । पृथ्वीमा हुँदा, हामीले परमेश्वरका पुत्र, परमप्रभु येशू ख्रीष्टलाई पछ्याउन सिक्ने छौँ । परमेश्वरको निर्देशन अनुसार परमप्रभुले पृथ्वी सृष्टि गर्नुभयो ।

उत्पत्ति १:१; अय्यूब ३८:४-७; मोशा १:३२–३३; २:१; अब्राहाम २:६–-२७

छवि
अन्तरीक्षमा ग्रह

पहिलो दिनमा, परमप्रभुले उज्यालोलाई अँध्यारोबाट अलग गर्नुभयो । उहाँले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्नुभयो ।

उत्पत्ति १:३–५; मोशा २:३–५; अब्राहाम ४:१–५

छवि
बादल र महासागर

दोस्रो दिनमा, उहाँले पानीहरुलाई आकाशमा बादल र पृथ्वीमा समुद्रहरू बीचकोमा विभाजित गर्नुभयो ।

उत्पत्ति १:६-८; मोशा २:६–८; अब्राहाम ४:६–८

छवि
समुद्रको नजिक जङ्गल

तेस्रो दिनमा, परमप्रभुले ठूलो समुद्र र सुख्खा भूमि बनाउनुभयो । उहाँले पानीको नाम समुद्र र सुख्खा जमिनको पृथ्वी राख्नुभयो । उहाँले भूमिलाई फूल, फलफूल, बोटबिरुवा र रूखहरूले सुन्दर बनाउनुभयो ।

उत्पत्ति १:९-१३; मोशा २:९-१३; अब्राहाम ४:९-१३

छवि
रात र दिन को चित्रण

चौथो दिनमा, उहाँले दिनमा चम्कनका लागि सूर्यको सृष्टि गर्नुभयो । त्यसपछि उहाँले रातमा चम्कने चन्द्रमा र ताराहरू सृष्टि गर्नुभयो ।

उत्पत्ति १:१४-१९; मोशा २:१४-१९; अब्राहाम ४:१४-१९

छवि
समुद्री जीवहरू

पाँचौँ दिनमा, परमप्रभुले समुद्रमा माछा र आकाशमा चराहरू बनाउनुभयो । उहाँले प्राणीहरूलाई वृद्धि गर्न आशीर्वाद दिनुभयो र माछालाई पानीमा भरिपूर्ण हुन आशीर्वाद दिनुभयो ।

उत्पत्ति १:२०-२३; मोशा २:२०-२३; अब्राहाम ४:२०-२३

छवि
जङ्गलका जनावरहरू

छैटौँ दिनमा, उहाँले भूमिमा जनावरहरू सृष्टि गर्नुभयो, कोही हिँड्ने र कोही घस्रने ।

उत्पत्ति १:२४–२५; मोशा २:२४–२५; अब्राहाम ४:२४–२५

छवि
अदनको बगैँचामा आदम र हब्बा

स्वर्गका पिता र परमप्रभु छैटौँ दिनमा तल पृथ्वीमा जानुभयो । पुरुष र स्त्री परमेश्वरको स्वरूपमा सृष्टि गरिएका थिए । स्वर्गका पिताले तिनीहरूलाई एक-अर्काको हेरचाह गर्न र सन्ततिहरू जन्माउन भन्नुभयो । जमिन र जनावरहरूको हेरचाह गर्न पुरुष र महिलालाई पनि जिम्मा दिएको थियो ।

उत्पत्ति १:२६–२७; मोशा २:२६–२७; अब्राहाम ४:२६-३१; ५:७–८

छवि
आदम र हब्बा जनावरहरूलाई हेर्दै

स्वर्गका पिता उहाँहरूले सृष्टि गर्नुभएका सबै कुरामा खुशी हुनुहुन्थ्यो । सातौँ दिनमा उहाँहरूले आफ्ना सबै कामहरूबाट विश्राम लिनुभयो। पृथ्वी सुन्दर र जीवनले भरिएको थियो ।

उत्पत्ति २:१–३; मोशा ३:१–३; अब्राहाम ५:१–३

प्रिन्ट गर्नुहोस्