Scripture Stories
हन्नाह


“हन्नाह,” पुरानो करारका कथाहरू (२०२२)

“हन्नाह,” पुरानो करारका कथाहरू

१ शमुएल १–२

हन्नाह

आस्थावान महिलालाई परमप्रभुको जवाफ

छवि
रुँदै गरिरहेकी हन्नाह मन्दिरमा प्रार्थना गर्दै

प्रत्येक वर्ष, हन्नाह र उनका श्रीमान् परमप्रभुको घर, मन्दिरको यात्रा गर्थे । हन्नाहका कुनै सन्तान थिएनन्, त्यसैले तिनलाई असाध्यै दुःख लाग्यो। उनले बालकका लागि उपवास बसिन् र प्रार्थना गरिन् । हन्नाहले परमप्रभुलाई प्रतिज्ञा गरिन् कि यदि उनको छोरा भयो भने, उनको छोरो हुर्केर उहाँको सेवा गर्नेछ ।

१ शमुएल १:१-११

छवि
एली हन्नाहसँग कुरा गर्दै

एली नाम गरेका पदारीले हन्नाहलाई रोइरहेको देखे । परमप्रभुले तिनको प्रार्थनाको जवाफ दिनुहुनेछ भनेर तिनले उनलाई भने । हन्नाहले परमप्रभुमा विश्वास गरिन् र आशा राखिन् ।

१ शमुएल १:१२, १७-१८

छवि
पति र बालक शमुएलसँगै हन्नाह,

त्यस वर्ष हन्नाहको एउटा छोरा भयो । उनले तिनको नाम शमुएल राखिन् ।

१ शएल १:२०-२३

छवि
हन्नाहले शमुएललाई मन्दिरमा एलीकहाँ ल्याउँदै

हन्नाहले परमप्रभुसँग गरेका आफ्ना प्रतिज्ञा पूरा गरिन् । शमुएल पर्याप्त रूपमा हुर्किएपछि, तिनले उनलाई परमप्रभुको मन्दिरमा सेवा गर्न लगिन् । तिनले पादरी एलीसँग सेवा गरे । हन्नाहले शमुएललाई भेट्न जारी राखिन्। उनले तिनका लागि बनाएको उनको कपडा ल्याईन् । परमप्रभुले हन्नाहलाई थप पाँच छोराछोरीको आशीर्वाद दिनुभयो ।

१ शमुएल १:२४–२८; २:२१

प्रिन्ट गर्नुहोस्