Scripture Stories
राजा दाऊद


“राजा दाउद,” पुरानो करारका कथाहरू (२०२१)

“राजा दाउद,” पुरानो करारका कथाहरू

१ शमुएल १८–१९; ३१; २ शमुएल १; ५; ११–१२

राजा दाऊद

राजाका सङ्घर्षहरू

छवि
राजा शाऊल र दाऊद सहरलाई हेर्दै

इस्राएलका राजा शाऊल गोल्यत माथि दाऊदको विजयबाट प्रभावित भए । शाऊलले दाऊदलाई आफ्ना सेनाहरूका अगुवा बनाए ।

१ शमुएल १८:५

छवि
दाउद

दाऊदले परमप्रभुलाई माया गर्थे र सधैँ सही काम गर्न चाहन्थे । इस्राएलका मानिसहरूले दाऊदलाई माया गर्थे ।

हेर्नुहोस् १ शमुएल १८:६–७

छवि
शाऊल रिसाएका देखिन्छन्

शाऊलले ईर्ष्या गरे र दाऊदलाई मार्न खोजे । तर दाऊद परमप्रभुको पछि लागे र परमप्रभुले तिनलाई शाऊलबाट बचाउनु भयो ।

१ शमुएल १८:६-१६; १९:१

छवि
इस्राएली अन्त्येष्टि

इस्राएलीहरूले धेरै युद्धहरू लडे । एक दिन शाऊल र तिनका छोराहरू युद्धमा मरे । दाऊदले तिनीहरूलाई माया गर्थे र तिनीहरूको मृत्युको सम्बन्धमा थाहा पाएर धेरै दुःखी भए । अब इस्राएलीहरूलाई नयाँ राजा चाहिएको थियो । परमप्रभुले दाऊदलाई राजा बनाउन छनोट गर्नुभयो । मानिसहरू खुसी भए ।

१ शमुएल ३१:२-६; २ शमुएल १:११–१२; ५: १–५

छवि
दाऊद सेनाको नेतृत्व गर्दै

परमप्रभुले राजा दाऊदलाई आशीर्वाद दिनुभयो र उनलाई डोऱ्याउनुभयो । परमप्रभुको सहयोगले दाऊदको सेनाले आफ्ना शत्रुहरूलाई जित्यो ।

१ शमुएल ५:६–१०, १७–२५

छवि
दाऊद अङ्गुर खाँदै

कुनै दिन जब दाऊदले लडाइँमा जानु पर्ने थियो, तिनी घरमै बसे । उनले एउटी सुन्दर महिला देखे । तिनको नाम बतशेबा थियो र दाऊदले तिनलाई विवाह गर्न चाहन्थे । तर तिनले दाऊदको सेनाका सिपाही उरियाहसँग विवाह गरिसकेकी थिईन् ।

हेर्नुहोस् २ शमूएल ११:१–३

छवि
दाऊद उरियाहसँग कुरा गर्दै

दाऊद बतशेबासँग विवाह गर्न चाहन्थे, त्यसैले उनले तिनका पति उरियाहलाई खतरनाक युद्धमा पठाए ताकि उरियाह मारिनेछन् ।

२ शमूएल ११:४-१७

छवि
दाऊद र बतशेबा

उरियाह युद्धमा मरे भनी दाऊदले छिट्टै बुझे । दाऊदले बेतशेबालाई आफ्नो घरमा ल्याउन आफ्ना नोकरहरू पठाए र तिनले तिनलाई विवाह गरे ।

२ शमुएल ११:२४, २६-२७

छवि
नातान दाऊदसँग कुरा गर्दै

तर दाऊदले गरेको काममा परमप्रभु खुसी हुनुभएन । दाऊदको पाप कति गम्भीर थियो भनी बताउन परमप्रभुले नातान नामक अगमवक्तालाई पठाउनु भयो । दाऊद उरियाह र बतशेबालाई गरेको कामका लागि धेरै दुःखी भए । परमप्रभुबाट क्षमापनका लागि उनी प्रार्थना र उपवास बसे ।

२ शमुएल ११:२७; १२:१-१३

प्रिन्ट गर्नुहोस्