Scripture Stories
यर्मिया अगमवक्ता


“यर्मिया अगमवक्ता,” पुरानो करारका कथाहरू (२०२२)

“यर्मिया अगमवक्ता,” पुरानो करारका कथाहरू

यर्मिया १-५२

यर्मिया अगमवक्ता

उनको जन्मनुअघि नै बोलाइयो

छवि
अगमवक्ताका रूपमा यर्मियाले बोलाइयो

यर्मिया जवान हुँदा यरूशलेममा बस्थे । एक दिन परमप्रभु यर्मियाकहाँ आउनुभयो र उनलाई अगमवक्ता हुन बोलाउनुभयो । परमप्रभुले यर्मियालाई भन्नुभयो कि उनी जन्मनु अघि नै अगमवक्ता हुन छनोट गरिएको थियो । यर्मियाको जीवन कठीन हुनेछ भनेर परमप्रभुलाई थाहा थियो । तर उहाँले यर्मियालाई प्रतिज्ञा गर्नुभयो कि उहाँ सधैँ उनीसँग हुनुहुनेछ ।

यर्मिया १:१–१०

छवि
यर्मियाले मानिसहरूलाई चेतावनी दिँदै

उनले आफ्ना मानिसहरूलाई परमप्रभुसँग आफ्ना प्रतिज्ञाहरू पूरा गर्न भने । तिनीहरूको क्षुद्रताका कारण, यर्मियाले मानिसहरूलाई तिनीहरूलाई जितिने छ भनेर चेतावनी दिए । यदि तिनीहरूले शबाथ दिनलाई पवित्र राखे भने, यरूशलेम सहर नष्ट हुनेछैन भनी परमप्रभुले भन्नुभयो । तर मानिसहरूले सुनेनन् ।

यर्मिया ६:१-१९; ८-९; १७:२१–२७

छवि
जेलमा यर्मिया

यर्मियाले धेरै वर्षसम्म मानिसहरूलाई सिकाए । तर तिनीहरूले पश्चात्ताप गरेनन् । बरु, तिनीहरूले यर्मियालाई चोट पुर्‍याए र जेलमा फालिदिए ।

यर्मिया २०:२; २६:८-९; ३७:१५-१८; ३८:६

छवि
यर्मियाले यरूशलेमलाई ध्वस्त भएको हेर्दै

यर्मियाले मानिसहरूलाई माया गर्थे । तिनीहरूका पापका कारण उनी रोए । जसरी उनले भनेका थिए, यरूशलेम नष्ट भयो र मानिसहरूलाई कब्जा गरियो ।

यर्मिया ९:१-८; २५:९-१२; ५२:१-१०

छवि
यर्मियाले अगमवाणी लेख्दै

यर्मियालाई मिश्रदेश लगियो । परमप्रभुले उनलाई आफ्ना अगमवाणीहरू लेख्न भन्नुभयो । कठीन अवस्थामा पनि यर्मियाले परमप्रभुको आज्ञा पालन गरे । उनले आफ्ना मानिसहरूलाई परमप्रभुसँग आफ्ना प्रतिज्ञाहरू पूरा गर्न भने ।

यर्मिया ३६:१–२, २७–३२

प्रिन्ट गर्नुहोस्