Scripture Stories
राहाब र जासूसहरू


“राहाब र जासूसहरू,” पुरानो करारका कथाहरू (२०२२)

“राहाब र जासूसहरू,” पुरानो करारका कथाहरू

यहोशु २;

राहाब र जासूसहरू

एउटा छनौट जसले एक परिवारलाई बचाउँछ

छवि
शहरका मानिसहरू टाढा हेर्दै

राहाब नाम गरेकी एउटी स्त्री इस्राएलीहरूले कब्जा गर्नुअघि यरीहोमा बस्थिन् । परमप्रभुले लाल समुद्रलाई इस्राएलीहरूका लागि विभाजन गर्नुभएको थियो भनेर तिनले सुनिन् । परमप्रभुले इस्राएलीहरूलाई उनको सहर विरुद्ध लड्न सहयोग गर्नुहुनेछ भनेर राहाबलाई थाहा थियो । यरीहोका मानिसहरू पतीत थिए ।

यहोशु २:९-११

छवि
पहरेदारहरूबाट लुकेरहेका जासूसहरू

अगमवक्ता यहोशुले इस्राएली सेनाको अगुवाइ गरे । तिनले यरीहोमा दुई जासूसहरू पठाए । तर जासूसहरू देखिएका थिए र यरीहोका राजाले तिनीहरूलाई पक्रन पहरेदारहरू पठाए ।

यहोशु २:१–३

छवि
राहाब जासूसहरूसँग कुरा गर्दै

जासूसहरू राहाबको घरमा आए । राहाब जासूसहरूलाई सहयोग गर्न राजी भईन्, त्यसैले तिनले तिनीहरूलाई आफ्नो छतमा लुकाईन् ।

यहोशु २:४-६

छवि
राहाबले जासूसहरूलाई लुकाउँदै

राजाका मानिसहरूले राहाबको घर खोजे तर जासूसहरूलाई भेट्टाउन सकेनन् । तिनीहरू गएपछि, राहाबले जासूसहरूलाई आफ्नो परिवारको सुरक्षा गर्न आग्रह गरीन् जब तिनीहरूको सेनाले यरीहोको विरुद्धमा लड्न आयो । जासूसहरूले राहाबलाई उनको परिवार सुरक्षित रहने वाचा गरे । त्यसपछि राहाबले जासूसहरूलाई भाग्न प्रयोग गर्नका लागि आफ्नो झ्यालबाट डोरी फ्याँकिन् ।

यहोशु २:३, १२-१५

छवि
राहाब र परिवार यरीहोबाट भाग्दै

जासूसहरू अगमवक्ता यहोशुकहाँ फर्के र राहाबको घरमा कसैलाई हानी नगर्न इस्राएली सेनालाई भने । पछि, जब इस्राएलीहरूले यरीहोसँग लडाइँ गरे, तिनीहरूले राहाबलाई आफ्नो प्रतिज्ञा पूरा गरे । राहाबको साहसले उनको परिवारलाई बचायो । उनको परिवार परमप्रभुका जनहरूमा सामेल भयो ।

यहोशु २:२३; ६:२५; हिब्रू ११:३१

प्रिन्ट गर्नुहोस्