Scripture Stories
हनोक अगमवक्ता


“हनोक अगमवक्ता,” पुरानो करारका कथाहरू (२०२१)

“हनोक अगमवक्ता,” पुरानो करारका कथाहरू

उत्पत्ति ५; मोशा ६-७

हनोक अगमवक्ता

परमप्रभुमा आस्थाले एक शहरलाई कसरी बचायो

छवि
परमेश्वर हनोकसँग कुरा गर्दै

परमप्रभु येशू ख्रीष्टले हनोकलाई पश्चात्ताप गर्नका लागि मानिसहरूलाई भन्न भन्नुभयो । तर हनोकले आफू राम्रोसँग बोल्न सक्दिन भन्ने सोचे । मानिसहरूले उनका कुरा सुन्दैनन् भनेर उनलाई डर थियो ।

उत्पत्ति ५:२२; मोशा ६:२६–३१

छवि
मानिसहरू हनोकको खिल्ली उडाउँदै

हनोकले सिकाएका कुरा केही मानिसहरूलाई मन नपरेन तापनि परमप्रभुले हनोकलाई बलियो बनाउने र सुरक्षा दिने प्रतिज्ञा गर्नुभयो ।

मोसा ६:३२–३९

छवि
हनोक मानिसहरूलाई सिकाउँदै

परमप्रभुको प्रतिज्ञाले हनोकलाई साहस दियो । हनोकले परमप्रभुको आज्ञा पालना गरे र शक्तिसहित मानिसहरूलाई सिकाए । उनले येशू ख्रीष्ट, पश्चात्ताप, बप्तिस्मा र पवित्र आत्माका बारेमा सिकाए । केही मानिसहरूले हनोकलाई विश्वास गरे र परमप्रभुलाई पछ्याउन चाहन्थे ।

मोसा ६:४७–६८

छवि
हनोक महिलालाई बप्तिस्मा दिँदै

हनोकसँग बप्तिस्मा गर्नका लागि परमेश्वरबाट अधिकार थियो । हनोकलाई विश्वास गर्ने सबै मानिसहरूले बप्तिस्मा लिए र परमप्रभुको नजिक आए । तिनीहरूले एकअर्काको हेरचाह गर्ने भएकाले कोही पनि गरिब थिएनन् । तिनीहरूलाई सियोन भनिन्थ्यो किनभने तिनीहरू प्रेम र धार्मिकतामा सँगै बसेका थिए ।

मोसा ७:१०–२०

छवि
येशूको जीवन, मृत्यु, र पुनरुत्थान

एक दिन परमप्रभुले हनोकलाई पृथ्वीमा हुने सबैको दर्शन देखाउनुभयो । हनोकले येशू ख्रीष्टको जीवन, मृत्यु र पुनरुत्थान देखे । हनोकले अन्तिम दिनहरूमा सुसमाचार पुनर्स्थापित हुनेछ भनेर सिके । उनले येशूको दोस्रो आगमन पनि देखे ।

मोसा ७:२१–६७

छवि
परमेश्वर सियोनका मानिसहरूसँग कुरा गर्दै

अन्त्यमा सियोन सहरका सबै मानिसहरूले हनोकलाई विश्वास गरे र पश्चात्ताप गरे । तिनीहरूले एक-अर्काको हेरचाह गरे र शान्तिमा जीवन बिताएकाले, परमप्रभुले तिनीहरूलाई उहाँसँगै बस्नका लागि लग्नुनुभयो ।

उत्पत्ति ५:२४; मोशा ७:१८, २१, ६८-६९

प्रिन्ट गर्नुहोस्