Scripture Stories
आदम र हब्बाको परिवार


“आदम र हब्बाको परिवार,” पुरानो करारका कथाहरू (२०२२)

“आदम र हब्बाको परिवार,” पुरानो करारका कथाहरू

उत्पत्ति ४; मोसा: ५-६

आदम र हब्बाको परिवार

परमप्रभुलाई पछ्याउन गर्न छनौट गर्दै

छवि
आदम र हब्बा अनि परिवार

आदम र हब्बाले अदनको बगैँचा छोडेपछि, उनीहरूले तिनीहरूका लागि स्वर्गका पिताको योजनाका बारेमा निरन्तर सिके । तिनीहरूका धेरै छोराछोरीहरू थिए र उनीहरूले तिनीहरूलाई परमप्रभुका बारेमा थाहा भएका सबै कुरा सिकाए । आदम र हब्बाका केही छोराछोरीले परमप्रभुको पालना गर्ने छनोट गरे । तर तिनीहरू मध्ये केहीले नगर्ने छनोट गरे ।

मोशा ५:१–१२; ६:१५

छवि
आदम र हब्बा छोराछोरीहरूका साथमा, आदम धर्मशास्त्रहरू लेख्दै

आदम र हब्बाको परिवारले सम्झनाको पुस्तक राखे । उनीहरूले आफ्नो पारिवारिक इतिहास त्यस किताबमा लेखे । परमप्रभुले तिनीहरूलाई कसरी सहयोग गर्नुभयो भनेर उनीहरूले लेखे ।

मोशा ६:५-६

छवि
कयिन र हाबिल

कयिन र हाबिल आदम र हब्बाका दुई छोराहरू थिए । हाबिलले परमप्रभुलाई प्रेम गरे र उहाँलाई पछ्याउने छनोट गरे । कयिनले परमप्रभुको आज्ञा पालन गरेनन् । उनले विद्रोह गर्ने छनोट गरे ।

उत्पत्ति ४:१–१६

छवि
शहरलाई हेर्दै मानिस

आदम र हब्बाको परिवार बढ्दै गयो । अझ धेरै मानिसहरू जन्मिए । उनीहरू सबैसँग छनोट गर्ने स्वतन्त्रता थियो । समय समयमा, केही मानिसहरूले परमप्रभुका आज्ञाहरू बिरुद्ध विद्रोह गर्दथे । परमप्रभुले मानिसहरूलाई पश्चाताप गर्न सिकाउनका लागि अगमवक्ताहरूलाई पठाउनुभयो ।

उत्पत्ति ४:२५–२६; मोशा: ५:१३; ६:२३

प्रिन्ट गर्नुहोस्