Scripture Stories
अगमवादिनी डेबोरा


“अगमवादिनी डेबोरा,” पुरानो करारका कथाहरू (२०२२)

“अगमवादिनी डेबोरा,” पुरानो करारका कथाहरू

न्यायकर्ताहरू ४–५

अगमवादिनी डेबोरा

एक अगुवा जसले इस्राएललाई परमप्रभुमा विश्वास गर्न सहयोग गरे ।

छवि
अगमवादिनी डेबोरा

डेबोरा अगमवादिनी थिईन्, आस्थावान इस्राएलकी अगुवा जो परमप्रभुबाट प्रेरित थिईन् । उनका मानिसहरूले परमप्रभुका आज्ञाहरू पालन गर्न छोडेका थिए र कनानीहरूले तिनीहरूमाथि शासन गरे । २० वर्ष पछाडि, इस्राएलीहरूले परमप्रभुको सहयोगका लागि प्रार्थना गर्न सुरू गरे ।

न्यायकर्ताहरू ४:१–५

छवि
डेबोरा प्रार्थना गर्दै

परमप्रभुले उनीहरूका प्रार्थना सुन्नुभयो । उहाँले डेबोरालाई कनानीहरू विरुद्ध लड्न इस्राएलीहरूका सेना जम्मा पार्न भन्नुभयो ।

न्यायकर्ताहरू ४:६

छवि
डेबोरा सिपाहीहरूसँग कुरा गर्दै

कनानी सेनासँग धेरै सेना र रथहरू थिए । यसले इस्राएली सेनालाई त्रसित बनयो तर डेबोरालाई भने होइन । परमप्रभुले उनीहरूलाई सहयोग गर्नुहुन्छ भनेर उनलाई थाहा थियो ।

न्यायकर्ताहरू ४:३, ७

छवि
बाराकले डेबोरालाई आउन अनुरोध गर्दै

बाराक इस्राएली सेनाका अगुवा थिए । उनी लडाइ गर्न चाहँदैनथे । तर उनले सोचे कि यदि डेबोरा सेनासँग गईन् भने, परमप्रभुले उनीहरूलाई रक्षा गर्नुहुनेछ । डेबोरा जान सहमत भईन् । एउटी स्त्रीले कनानी सेनाका अगुवा सिसेरालाई हराउने छिन् भनी उनले भविष्यवाणी गरिन् ।

न्यायकर्ताहरू ४:८–९

छवि
डेबोरा र सेना पहाडको टुप्पोमा

इस्राएली सेना पहाडमा भेला भए र कनानीहरू उपत्यकामा भेला भए । डेबोराले बाराकलाई पहाडबाट तल जान भनिन् । उनले प्रतिज्ञा गरिन् कि परमप्रभु उनीहरू सँगै हुनुहुनेछ ।

न्यायकर्ताहरू ४:१२–१४

छवि
रथहरू आँधीमा बगिरहेका

परमप्रभुले वर्षा पठाउनुभयो र कनानीहरूका रथहरू पानीमा बगाइए । धेरै कनानीहरू नदीमा डुबे तर सिसेरा भागे ।

न्यायकर्ताहरू ४:१५, १७; ५:४–५, १९–२२

छवि
याएलले सिसेरालाई पालमा आउन अनुरोध गर्दै

याएल नाम गरेकी महिला नजिकैको पालमा बस्थिन् । उनले सिसेरालाई भाग्दै गरेको देखिन् र उनको पालमा लुक्न भनीन् । याएललाई थाहा थियो कि ऊ कनानी सेनाको अगुवा हो र उसले धेरै मानिसहरूलाई चोट नपुर्‍याओस् भनेर उसलाई मारीन् ।

न्यायकर्ताहरू ४:१५–२१

छवि
डेबोरा शान्तिपूर्ण नगरलाई हेर्दै

डेबोराको भविष्यवाणी सत्य ठहरियो । सिसेरा वीर महिलाद्वारा पराजित भए । परमप्रभुले उनीहरूलाई कसरी बचाउनुभयो भनेर इस्राएलीहरूलाई सम्झना गराउन सहयोग गर्न डेबोराले गीत गाईन् । इस्राएलीहरूले आज्ञाहरू पालन गरे र ४० वर्षसम्म शान्तिमा जिए ।

न्यायकर्ताहरू ५:१, २४– २७, ३१

प्रिन्ट गर्नुहोस्