Scripture Stories
दानिएल र राजाको सपना


“दानिएल र राजाको सपना,” पुरानो करारका कथाहरू (२०२१)

“दानिएल र राजाको सपना,” पुरानो करारका कथाहरू

दानिएल २

दानिएल र राजाको सपना

राजालाई परमेश्वरका रहस्यमय सन्देश

छवि
राजा सपना देख्दै

बेबिलोनका राजाले एउटा सपना देखे जसले उनलाई निराश बनायो । उनले आफ्ना पादरी र ज्ञानी मानिसहरूलाई सपनाको अर्थ बताउन माग गरे ।

दानिएल २:१–३

छवि
राजा विचार गर्दै

राजाले उनीहरूलाई सपना भन्दैनन् । उनले भने कि यदि पूपादरी र ज्ञानी मानिसहरूमा साँच्चै शक्ति छ भने उनीहरूले सपना के थियो र त्यसको अर्थ के हो भन्न सक्दछन् ।

दानिएल २:४–९

छवि
राजा ज्ञानी मानिसहरूलाई देश-निकाला गर्दै

पादरी र ज्ञानी मानिसहरूले राजालाई भने यदि उनले यो के थियो भनेर भनेनन् भने तिनीहरूले उनको सपना अनुवाद गर्न सक्दैन । त्यो कुनै पनि मानिसले गर्न सक्दैन भनेर तिनीहरूले भने । राजा रिसाए र उनले दानिएल र उनका साथीहरू सहित राज्यका सबै ज्ञानी मानिसहरूलाई मार्नेछन् भने, ।

दानिएल २:१०–१३

छवि
दानिएल सिपाहीसँग कुरा गर्दै

जब राजाका रक्षक दानिएल र उनका साथीहरूलाई लिन आए, दानिएलले थप समयका लागि अनुरोध गरे ताकि उनले राजालाई उनको सपनाको अर्थ के हो भनेर बताउन सकुन् । दानिएललाई थाहा थियो कि सपनाहरू सहित परमेश्वरलाई सबैकुरा थाहा छ र देख्नुहुन्छ । दानिएलले उनका साथीहरूलाई उनी सँगै प्रार्थना गर्न अनुरोध गरे ।

दानिएल २:१४–१८

छवि
दानिएल प्रार्थना गर्दै

परमेश्वरले दानिएललाई दर्शनमा राजाको सपना देखाउनुभयो र त्यसको अर्थ के हो भनेर सिकाउनुभयो । दानिएलले उनको र उनका साथीहरूको प्रार्थनाको उत्तर दिनुभएकोमा र उनीहरूका जीवन बचाउनु भएकोमा परमेश्वरलाई धन्यवाद दिए । त्यसपछि उनी राजालाई सपनाको अर्थ बताउन गए ।

दानिएल २:१९–२५

छवि
दानिएल राजासँग कुरा गर्दै

दानिएलले भने राजाको सपना विशाल मूर्तिका बारेमा थियो जुन पहाडबाट काटिएको पत्थरद्वारा नष्ट भएको थियो । मूर्तिले पृथ्वीका राज्यहरूको प्रतिनिधित्व गर्दछ । पहाडबाट काटिएको पत्थरले परमेश्वरको राज्यको प्रतिनिधित्व गर्दछ जसले पृथ्वी भरिनेछ । राजालाई थाहा थियो कि दानिएलले सत्य बोलेका थिए ।

दानिएल २:२६–४९

प्रिन्ट गर्नुहोस्