Scripture Stories
शमुएल अगमवक्ता


“शमुएल अगमवक्ता,” पुरानो करारका कथाहरू (२०२१)

“शमुएल अगमवक्ता,” पुरानो करारका कथाहरू

१ शमुएल २–३

शमुएल अगमवक्ता

परमप्रभुद्वारा एक बालकलाई बोलाइयो

छवि
एली मानिसहरूसँग कुरा गर्दै

लामो समयसम्म, इस्राएलीहरूसँग तिनीहरूको अगुवाइ गर्न परमप्रभुका अगमवक्ता थिएनन् । बरु, न्यायकर्ताहरूले धेरै वर्षसम्म इस्राएलमा शासन गरे । यस समयमा, हन्नाहले आफ्नो जवान छोरा शमुएललाई इस्राएलका पादरी र न्यायकर्ता एलीसँग बस्न ल्याईन् । शमुएलले एलीलाई मन्दिरमा सहयोग गरे ।

१ शमूएल २:११, १८, २६; ३:१

छवि
एलीका छोराहरू सामान चोर्दै

एलीका दुई छोराहरूले पनि मन्दिरमा सेवा गरे, तर तिनीहरूले परमप्रभुका लागि बनाइएका भेटीहरू चोरे । केही मानिसहरूले एलीलाई गुनासो गरे तर एलीले तिनीहरूलाई दण्ड दिएनन् ।

१ शमूएल २:१२–१७, २२–२३

छवि
शमुएल

एक साँझ शमुएलले उनलाई बोलाएको आवाज सुने । तिनले सोचे कि यी एली हुन्, त्यसैले शमुएल उनकहाँ गए । तर एलीले उनलाई बोलाएनन् । एलीले शमुएललाई ओछ्यानमा जान भने ।

१ शमूएल ३:३–५

छवि
शमुएल एलीसँग कुरा गर्दै

शमुएलले दोस्रो पटक उनलाई बोलाएको आवाज सुने । उनी एलीकहाँ गए र तिनलाई के चाहन्छौ भनेर सोधे । तर एलीले उनलाई बोलाका थिएनन् । एलीले शमुएललाई ओछ्यानमा जान भने ।

१ शमुएल ३:६

छवि
एली शमुएलसँग कुरा गर्दै

शमुएलले तेस्रो पटक बोलाएको आवाज सुने । उनी फेरि एलीकहाँ गएर उनलाई के चाहन्छौ भनेर सोधे । यस पटक, शमुएलसँग बोल्नुहुने परमप्रभु नै हुनुहुन्छ भनी एलीले थाहा पाए । एलीले शमुएललाई ओछ्यानमा जान भने । एलीले भने कि यदि परमप्रभुले फेरि बोलाउनुभयो भने, शमुएलले सुन्नु पर्दछ ।

१ शमूएल ३:८-९

छवि
शमुएल परमेश्वरसँग कुरा गर्दै

शमुएलले उनलाई फेरि बोलाएको आवाज सुने । यस पटक शमुएलले परमप्रभुलाई बोल्न आग्रह गरे र उनले सुन्छन् भनेर बताए । परमप्रभुले शमुएललाई एलीले आफ्ना दुष्ट छोराहरूलाई मन्दिरमा सेवा गर्न दिनु गलत हो भन्नुभयो । एलीको परिवारलाई अब त्यहाँ सेवा गर्न दिइनेछैन ।

१ शमुएल ३:१०-१४

छवि
शमुएल र एली कुरा गर्दै

भोलिपल्ट, एलीले शमुएललाई परमप्रभुले के भन्नुभयो भनेर सोधे । शमुएलले उनलाई भने । एलीलाई थाहा थियो कि परमप्रभुले शमुएलद्वारा बोल्नु भयो ।

१ शमुएल ३:१५-१८

छवि
शमुएल मानिसहरूलाई हेर्दै

यो खबर इस्राएल देश भरि फैलियो । मानिसहरूलाई थाहा थियो कि परमप्रभुले शमुएललाई उहाँको अगमवक्ता हुन छनोट गर्नु भयो ।

१ शमुएल ३:१९–२०

प्रिन्ट गर्नुहोस्