Scripture Stories
एलीशाले नामानलाई निको पार्छन्


“एलीशाले नामानलाई निको पार्छन्,” पुरानो करारका कथाहरू (२०२२)

“एलीशाले नामानलाई निको पार्छन्,” पुरानो करारका कथाहरू

२ राजाहरू ५

एलीशाले नामानलाई निको पार्छन्

साधारण आस्था पछि कसरी माहान् चमत्कार भयो

छवि
नामान ओछ्यानमा, बिरामी

धेरै टाढा सिरियामा नामान नाम गरेका मानिस बस्थे । उनी सिरियाली सेनामा एक महान् कप्तान थिए । तर नामानलाई कुष्ठरोग भनिने पीडादायी छालाको रोग थियो ।

२ राजाहरू ५:१

छवि
इस्राएली केटी नामानकी पत्नीसँग कुरा गर्दै

नामानकी पत्नीकी नोकर एक इस्राएली केटी थिईन् । केटीको परमप्रभुमा आस्था थियो । उनले भनिन् कि यदि नामानले अगमवक्ता एलीशालाई भेटे भने, नामान उनको रोगबाट निको हुनेछन् ।

२ राजाहरू ५:२–४

छवि
नामान एलीशालाई खोज्न यात्रा गर्दै

नामानले एलिषालाई खोज्न लामो यात्रा गरे । नामानले ठूलो चमत्कारद्वारा आफूलाई निको हुने सोचे।

२ राजाहरू ५:५–८

छवि
नामान एलीशाका सेककसँग कुरा गर्दै

आफ्ना सेवकहरू, घोडाहरू र रथहरू लिएर नामान एलीशाको घरमा आए । नामानलाई परमप्रभुका निर्देशनहरू दिनका लागि एलीशाले आफ्ना सेवकलाई पठाए । यदि उनले आफुस्वयंलाई यर्दन नदीमा सात पटक नुहाएमा परमप्रभुले नामानलाई निको पार्नुहुनेछ ।

२ राजाहरू ५:९-१०

छवि
नामान नदीको किनारमा गुनासो गर्दै

नामान रिसाए किनभने उनी परमप्रभुका अगमवक्ता बाहिर आएर उनलाई छिट्टै निको पारेको चाहन्थे । नामानले यर्दन नदी सिरियाका ठूला नदीहरू जत्तिकै महान नभएको गुनासो गरे ।

२ राजाहरू ५:११-१२

छवि
सेकक नदीको किनारमा नामानसँग कुरा गर्दै

तर नामानका सेवकहरूले नामानले यस्तो साधारण काम किन गर्दैनन् भनेर सोधे । यसले नामानलाई कुनै अर्थ नराख्दा पनि, परमप्रभुका अगमवक्ताले उनलाई यसो गर्न भनेका थिए ।

२ राजाहरू ५:१३

छवि
यर्दन नदीमा नामान, निको भए

नामानले घमण्ड गर्न छोडे र आफ्ना सेवकहरूका कुरा सुने । तिनले आफुस्वयंलाई यर्दन नदीमा सात पल्ट नुहाए । तब परमप्रभुले एलीशाले भनेजस्तै नामानलाई निको पार्नुभयो । नामानलाई थाहा थियो कि एलीशा अगमवक्ता थिए र परमप्रभु वास्तविक हुनुहुन्छ ।

२ राजाहरू ५:१४-१५

प्रिन्ट गर्नुहोस्