Scripture Stories
दानिएल र उनका साथीहरू


“दानिएल र उनका साथीहरू,” पुरानो करारका कथाहरू (२०२१)

“दानिएल र उनका साथीहरू,” पुरानो करारका कथाहरू

दानिएल १

दानिएल र उनका साथीहरू

राजाको खाना खान अस्वीकार गर्दै

छवि
सेनाहरूद्वारा केटाहरूलाई लगिँदै

बेबिलोनका अधिराज्यले यरूशलेमलाई कब्जा गरे । उनीहरूले सबै भन्दा बुद्धिमान र सबै भन्दा बलिया केही युवाहरूलाई यरूशलेममा तिनीहरूको परिवारबाट लगे र उनीहरूलाई बेबिलोनमा राजाको सेवा गर्नका लागि फिर्ता ल्याए ।

दानिएल १:१-४

छवि
युवाहरू राजाको न्यायलयमा

दानिएल र उनका साथीहरू यी युवाहरू मध्ये केही थिए । तिनीहरूलाई राजाको न्यायलयमा सेवा गर्न र उनका ज्ञानी पुरुषहरू बन्नका लागि छनोट गरिएका थिए ।

दानिएल १:४-६

छवि
खाना र दाखमद्ध

राजाले दानिएल र तिनका साथीहरूलाई खाना र दाखमद्ध दिए । तर तिनीहरूले राजाको खाना खाने वा दाखमद्ध पिउने गरेनन् । यो परमेश्वरको आज्ञाहरूका विरुद्धमा थियो

दानिएल १:५-८

छवि
युवाहरू खाँदै

यसले राजाको सेवकलाई उसको जीवनका लागि त्रासित बनयो । उसले दानिएल र उनका साथीहरूको हेरचाह गर्‍यो र उसले सोच्यो कि यदि उनीहरूले राजाका खाना अस्वीकार गरे भने, उनीहरू अरू युवाहरू भन्दा कम्जोर हुने छन् । त्यसपछि राजा रिसाउने छन् र सेवकलाई मृत्यु दिने छन् ।

दानिएल १:९–१०

छवि
दानिएल सेककसँग कुरा गर्दै

तर दानिएलले परमेश्वरमा विश्वास राख्थे र उहाँका आज्ञाहरू पालना गर्न चाहन्थे दानिएलले सेवकसँग उनीहरूलाई १० दिनसम्म पानी र अन्न दिन र त्यसपछि उनीहरूका स्वास्थ्य अरू युवाहरूसँग दाँज्न अनुरोध गरे । सेवकले स्वीकार गर्‍यो ।

दानिएल १:११–१४

छवि
दानिएल र उनका साथीहरू अध्ययन गर्दै

१० दिन पछाडि, दानिएल र उनका साथीहरू अरू सबै युवाहरू भन्दा स्वस्थ स्वस्थ थिए । दानिएल र उनका साथीहरूले परमेश्वरका आज्ञाहरूलाई पछ्याए र परमेश्वरले तिनीहरूलाई राजाको न्यायलयमा सबैभन्दा ज्ञानी पुरुषहरू बनाउनुभयो ।

दानिएल १:१५–२०

प्रिन्ट गर्नुहोस्