Scripture Stories
आदम र हब्बा


“आदम र हब्बा,” पुरानो करारका कथाहरू (२०२१)

“आदम र हब्बा,” पुरानो करारका कथाहरू

उत्पत्ति २–३; मोशा ३–५; अब्राहाम ५

आदम र हब्बा

छनोटहरू गरेर अनुभव प्राप्त गर्ने

छवि
आदम र हब्बा जनावरहरूसँग

स्वर्गमा रहनुहुने पिताका सन्तानहरू मध्ये आदम र हब्बा पृथ्वीमा जिउने प्रथम थिए । तिनीहरू विभिन्न खालका बिरुवा र वृक्षहरूले घेरिएको सुन्दर अदनको बगैँचामा बस्दथे । परमेश्वर हाम्रो स्वर्गका पिता र परमप्रभु येशू ख्रीष्टले तिनीहरूलाई भेट गर्नुभयो र तिनीहरूसँग कुरा गर्नुभयो ।

उत्पत्ति २:८–९; ३:८; मोशा ३:८–९; अब्राहाम ५:८, १४–१९

छवि
असल र खराबको ज्ञानको वृक्ष

परमेश्वरले तिनीहरूलाई केवल एक बाहेक हरेक वृक्षका फल खाने अनुमति दिनुभयो । यदि तिनीहरूले असल र खराबको ज्ञानको वृक्षबाट खाए भने, तिनीहरूले त्यो बगैँचा छोड्नु पर्नेछ र अन्तत: मर्नु पर्नेछ । शैतानले आदम र हब्बासँग झूट बोले । शैतानले भने कि यदि तिनीहरूले त्यो फल खाएमा तिनीहरूले असल र खराब थाहा पाउनेछन् तर तिनीहरू मर्ने छैनन् ।

उत्पत्ति २:१६–१७; ३:१–५; मोशा ३:९; ४:६–११; अब्राहाम ५:९, १२–१३

छवि
हब्बा फल टिप्दै

हब्बाले फल खाने छनोट गरीन् ।

उत्पत्ति ३:५–६; मोशा ४:१२

छवि
हातहरू फल समाउँदै

हब्बाले आदमलाई केही फल दिईन् । उनले पनि त्यसलाई खाने छनोट गरे ।

उत्पत्ति ३:६–७; मोशा ४:१२

छवि
आदम र हब्बा परमेश्वर र येशूबाट लुक्दै

परमेश्वर र परमप्रभु तिनीहरूलाई भेट्न आउनुभयो तर आदम र हब्बा डराए र लुके । तिनीहरूले असल र खराबको ज्ञान दिने वृक्षको फल खाएका थिए कि भनेर परमेश्वरले सोध्नुभयो ।

उत्पत्ति ३:८–१३; मोशा ४:१३–१४

छवि
आदम र हब्बा अदनको वगैँचा छोड्दै

आदम र हब्बाले तिनीहरूले फल खान छनौट गरे भनेर परमेश्वरलाई बताए । तिनीहरूका छनोटका कारण तिनीहरूले अदनको बगैँचा छाड्नु पर्‍यो । तिनीहरू परमेश्वरबाट छुट्टिए तर उहाँसँग तिनीहरूका लागि एक योजना थियो । अब तिनीहरूलाई खराबबाट असल थाहा भयो र तिनीहरूले सन्तान जन्माउन सक्दथे ।

उत्पत्ति ३:१६–२४; मोशा ४:१५–३१

छवि
आदम र हब्बाको परिवार आगोतर्फ हेर्दै

आदम र हब्बाले परमेश्वरका सबै आज्ञाहरूको पालना गर्ने प्रतिज्ञा गरे । तिनीहरूलाई जनावरको होमबलि दिन सिकाइयो । जब तिनीहरूले आज्ञाहरूको पालना गरे, तिनीहरूले परमेश्वरका पुत्र येशू ख्रीष्टका बारेमा अझै बढी बुझे । तिनीहरू दुबैले महान् खुशी महसुस गरे किनभने उहाँले तिनीहरूका परिवारलाई परमेश्वरकहाँ फर्कन सहायता गर्नु हुनेछ ।

उत्पत्ति ३:२३; मोशा ५:१–१२

प्रिन्ट गर्नुहोस्