Scripture Stories
मोशा सिनै पर्वतमा


“मोशा सिनै पर्वतमा,” पुरानो करारका कथाहरू (२०२२)

“मोशा सिनै पर्वतमा,” पुरानो करारका कथाहरू

प्रस्थान १९–२०;२४; ३१–३४; व्यवस्था ४–७

मोशा सिनै पर्वतमा

मानिसहरूलाई परमप्रभुलाई सम्झन सहयोग गर्दै

छवि
सिनै पर्वत

मोशा र इस्राएलीहरूले उजाडस्थान भएर यात्रा गरे । तिनीहरू सिनै भनिने पर्वतमा आए ।

प्रस्थान १९:१

छवि
मोशा प्रार्थना गर्दै

मोशा परमप्रभुसँग कुरा गर्न पर्वत चढे । परमप्रभुले मोशालाई भन्नुभयो कि उहाँ इस्राएलीहरूसँग मुखामुख कुरा गर्न चाहनुहुन्छ ।

प्रस्थान १९:३, ९-११

छवि
पर्वत वरिपरि बादल

इस्राएलीहरू सिनै पर्वतको फेदीमा आए र परमप्रभुले पर्वतको वरिपरि धुवाँको बादल ल्याउनुभयो । परमप्रभु बादलमा हुनुहुन्थ्यो । उहाँले इस्राएलीहरूसँग कुरा गर्नुभयो र तिनीहरूलाई आज्ञाहरू दिनुभयो । उनले बोल्दा पर्वत हल्लियो ।

प्रस्थान १९:१६–१९; २०:१-१७; व्यवस्था ४:१२–१३, ३३; ५:४–५

छवि
इस्राएलीहरू डराए

इस्राएलीहरू डराएका थिए । तिनीहरूले मोशालाई परमप्रभुसँग कुरा गर्न आग्रह गरे ताकि परमप्रभुले के चाहनुभएको छ भनेर मोशाले तिनीहरूलाई बताउन सकून् ।

प्रस्थान २०:१८-१९

छवि
पर्वतमा इस्राएली एल्डरहरू

मोशाले हारून र ७० जना इस्राएली एल्डरहरूलाई परमप्रभुको शिक्षाहरू प्राप्त गर्न पर्वतमा लगे । परमप्रभु तिनीहरूसामु देखापर्नुभयो ।

प्रस्थान २४:१, ९-११

छवि
परमप्रभुले मोशाका लागि पाटीहरूमा लेख्दै

तब परमप्रभुले मोशालाई एल्डरहरूलाई छोडेर पर्वतको अझ माथि जान भन्नुभयो । मोशाले आज्ञा पालना गरे । ढुङ्गाका पाटीहरूमा आफ्ना नियम र आज्ञाहरू लेख्नका लागि परमप्रभुले आफ्ना औँला प्रयोग गर्नुभयो । ४० दिनसम्म परमप्रभुले मोशालाई धेरै कुराहरू सिकाउनुभयो ।

प्रस्थान २४:१२-१८; ३१:१८

छवि
सुनको बाच्छो बनाउँदै इस्राएलीहरू

मोशा सिनै पर्वतमा हुँदा, इस्राएलका मानिसहरू उनको पर्खाइमा थकित बने । तिनीहरूले हारूनलाई मिश्रदेशमा जस्तै पूजा गर्नका लागि मूर्तिहरू बनाउन भने । हारूनले तिनीहरूका सबै सुन जम्मा पारे र एउटा बाच्छोको मूर्ति बनाए ।

प्रस्थान ३२:१-४

छवि
सुनको बाच्छोको पूजा गर्दै इस्राएलीहरू

इस्राएलीहरूले सुनको बाच्छोको पूजा गरे र बलिहरू चढाए । तिनीहरूले भने कि परमप्रभुले होइन, सुनको बाच्छोले तिनीहरूलाई मिश्रदेशबाट मुक्त गर्‍यो ।

प्रस्थान ३२:४–६, २१–२४

छवि
मोशा पर्वतबाट तल झर्दै

परमप्रभुलाई थाहा थियो कि इस्राएलीहरूले मूर्तिको पूजा गरिरहेका थिए र उहाँलाई बिर्सेका थिए । उहाँले मोशालाई फर्केर जान र मानिसहरूलाई पश्चात्ताप गर्न भन्न आज्ञा दिनुभयो ।

प्रस्थान ३२:७-१०

छवि
मोशा इस्राएलीहरूसँग कुरा गर्दै, सुनको बाच्छो नष्ट भयो

मोशा सिनै पर्वतबाट ओर्लिए र इस्राएलीहरूले सुनको बाच्छोको पूजा गरिरहेको देखे । उनी निकै दु:खी भए । मानिसहरू परमप्रभुले लेख्नुभएका नियम र आज्ञाहरू पालना गर्न तयार थिएनन् । मोशाले पाटीहरू भाँचे र सुनको बाच्छोलाई नष्ट गरे । उहाँले इस्राएलीहरूलाई पश्चात्ताप गर्न र तिनीहरूको सत्य परमेश्वरलाई सम्झन सहयोग गर्नुभयो ।

प्रस्थान ३२:१५–२०, २५–२९

छवि
मोशा प्रार्थना गर्दै

मोशाले परमप्रभुलाई इस्राएलीहरूलाई क्षमा गर्न र तिनीहरूसँग फेरि प्रतिज्ञा गर्न अनुरोध गरे । मोशाले तिनीहरूलाई अगुवाइ गर्ने र सिकाउने प्रतिज्ञा गरे ।

प्रस्थान ३२:३०–३४

छवि
दश आज्ञाका पाटीहरू सहित मोशा

परमप्रभुले मोशालाई नयाँ ढुङ्गाका पाटीहरू बनाउन र सिनै पर्वतमा फर्कन भन्नुभयो । परमप्रभुले इस्राएलीहरूसँग नयाँ प्रतिज्ञा गर्नुभयो र तिनीहरूलाई आफ्ना दश आज्ञाहरू दिनुभयो।

प्रस्थान २०:२-१७; ३४:१–१७, २८; व्यवस्था ६:२४–२५; ७:१२-१३

प्रिन्ट गर्नुहोस्