Scripture Stories
याकूब र उनको परिवार


“याकूब र उनको परिवार ,” पुरानो करारका कथाहरू (२०२१)

“याकूब र उनको परिवार,” पुरानो करारका कथाहरू

उत्पत्ति २७-३३

याकूब र उनको परिवार

कसरी परमप्रभुले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ

छवि
याकूब गधासँग हिँड्दै

रिसाएको आफ्नो भाइ एसावसँग बच्न याकूबले आफ्नो घर छोडे । याकूबका बुबाले उनलाई परमप्रभुलाई माया गर्ने र उहाँका आज्ञाहरू पालना गर्ने स्त्री खोज्न र विवाह गर्न आशीर्वाद दिए ।

उत्पत्ति २७:४२-४६; २८:१-५

छवि
येशू ख्रीष्ट याकूबकहाँ देखा पर्नुहुन्छ

याकूब यात्रा गर्दा, परमप्रभुले तिनलाई दर्शनमा भेट्नुभयो । उहाँले सधैँ याकूबको साथमा रहने प्रतिज्ञा गर्नुभयो । याकूबले आफूले पाएका सबैको दशांश परमप्रभुलाई दिने प्रतिज्ञा गरे ।

उत्पत्ति २८:१०–१६, २०–२२

छवि
येशू ख्रीष्ट याकूबसँग कुरा गर्दै

उनका धेरै सन्तानहरू हुनेछन् भनेर परमप्रभुले याकूबलाई प्रतिज्ञा गर्नुभयो । याकूबका सन्तानहरूद्वारा पृथ्वीका परिवारहरूले मुक्तिदातालाई चिन्न आशीर्वाद पाउनेछन् । पछिल्ला दिनहरूमा याकूबको परिवारलाई इस्राएलको घराना भनिन्छ ।

उत्पत्ति २८:३–४, १४; १ नफी १०:१४

छवि
याकूब र राहेल

याकूब हारान नामक देशमा गए । त्यहाँ उनले राहेल नामकी धार्मिक स्त्रीसँग प्रेम गरे ।

उत्पत्ति २७:४३; २९:९-२०

छवि
याकूब खेतमा काम गर्दै

यदि लाबानले राहेलसँग विवाह गर्न अनुमति दिएमा याकूब उनका बुबा लाबानका लागि सात वर्ष काम गर्न सहमत भए । लाबान सहमत भए । याकूब सात वर्ष काम गरे।

उत्पत्ति २९:२१–२७

छवि
याकूब, राहेल र लेआ

तर लाबानले आफ्नी जेठी छोरी लेआले पहिला विवाह गरेको चाहन्थे । विवाहको समयमा, लाबानले याकूबलाई धोका दिए र सट्टामा उनलाई लेआसँग विवाह गराइदिए । तर याकूबले राहेललाई माया गर्थे। उनले उनीसँग विवाह गर्न पाए थप सात वर्ष काम गर्ने प्रतिज्ञा गरे । लाबान सहमत भए र याकूबको परिवार बढ्न थाल्यो ।

उत्पत्ति २९:२८-३५; ३०:३–१३, १७–२४; याकूब २:२७-३०

छवि
याकूब परिवारसँग यात्रा गर्दै

लाबानले याकूबलाई उचित रूपमा भुक्तानी गरेनन् । तर परमप्रभुले धेरै जनावरहरू सहित याकूबलाई आशीर्वाद दिनुभयो र याकूबलाई घर फर्कन भन्नुभयो ।

उत्पत्ति ३०:३१, ४३; ३१:१–७, १७–१८

छवि
याकूब

घर जाँदै गर्दा उनका भाइ एसाव र ४०० मानिसहरू उनलाई भेट्न आउँदैछन् भनेर याकूबले थाहा पाए ।

उत्पत्ति ३२:३–६

छवि
याकूब परिवार लुकाउँदै

एसाव अझै पनि उनीसँग रिसाएका हुन सक्छन् भनेर याकूबले सोचे । याकूबलाई आफ्नो परिवारको सुरक्षाको डर थियो, त्यसैले उनले तिनीहरूलाई सुरक्षित ठाउँमा लगे र प्रार्थना गरे ।

उत्पत्ति ३२:७-२४

छवि
येशू ख्रीष्ट याकूबसँग कुरा गर्दै

याकूबले रातभरि र बिहानसम्म प्रार्थना गरे । परमप्रभुले याकूबलाई भेट्नुभयो र उहाँलाई आशीर्वाद दिनुभयो । उनी धेरैका लागि एक महान् अगुवा हुनेछन् भनेर परमप्रभुले याकूबलाई भन्नुभयो । परमप्रभुले याकूबको नाम परिवर्तन गरेर इस्राएल राख्नुभयो ।

उत्पत्ति ३२:२४–३०

छवि
एसाव याकूबलाई भेट्दै

छिट्टै नै एसाव र तिनका मानिसहरूले याकूब र तिनको परिवारलाई भेट्टाए । एसाव अब याकूबसँग रिसाएका थिएनन् । उनी दौडेर याकूबलाई भेट्न गए र उनलाई अँगालो हाले । उनलाई देख्न र तिनको परिवारलाई भेट्न पाउँदा उनी धेरै खुसी थिए । फेरि पनि एसावलाई देखेर याकूब पनि खुसी भए ।

उत्पत्ति ३३:१-७

छवि
याकूब र एसाव परिवारलाई हेर्दै

परमप्रभुले उनको जीवनभरि याकूबलाई आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुभयो । याकूब आफ्नो परिवारसँग घर पुगे र त्यहाँ बसोबास गरे । त्यसबेला देखि, याकूबलाई इस्राएल भनिन्थ्यो र उनको परिवारलाई इस्राएली भनिन्थ्यो । उनले आज्ञाहरू पालना गर्न र परमप्रभुको आराधनालाई निरन्तरता दिइरहे ।

उत्पत्ति ३३:१७-२०

प्रिन्ट गर्नुहोस्