Scripture Stories
रानी एस्थर


“रानी एस्थर,” पुरानो करारका कथाहरू (२०२१)

“रानी एस्थर,” पुरानो करारका कथाहरू

एस्थर २–५; ७–९

रानी एस्थर

खतराको समयमा साहस

छवि
एस्तर राजाको दरबारमा

केही इस्राएलीहरूलाई यहूदी भनिन्थ्यो । एस्तर फारसमा बस्ने यहूदी थिईन् । तिनका आमाबाबुको मृत्यु भयो, त्यसैले तिनका भाइ मोर्दकैले तिनको हेरचाह गरे । उनलाई राज्यका अन्य युवतीहरूसँग राजाको दरबारमा बोलाइयो । राजालाई नयाँ रानी चाहिएको थियो र उनले एस्तरलाई छनोट गरे ।

एस्थर २:२–७, १६–१७

छवि
मानिसहरू हामानसामु झुक्दै

राजाको हामान नाम गरेको एक जना सेवक थियो जो ठूलो शक्तिमा पुग्यो । हामानले राजालाई देशमा शासन गर्न सहायोग गरे । राजाले सबैलाई हामानसामु झुक्न लगाए ।

एस्थर ३:१–२

छवि
मोर्दकै र हामान

तर मोर्दकैले हामानसामु झुक्न मानेनन् । मोर्दकैले परमप्रभुलाई मात्र दण्डवत् गर्थे । यसले हामानलाई रिस उठायो । तिनले मोर्दकै र सबै यहूदीहरूलाई सजाय दिन चाहन्थे ।

प्रस्थान २०:५; एस्तर ३:५–६, ८

छवि
सिपाही मानिसहरूको समूहमा घोषणा गर्दै

यहूदीहरूले राजाका नियमहरू पालना गर्दैनन् भनेर हामानले राजालाई भने । त्यसैले राजाले हामानलाई नयाँ नियम बनाउन दिए: एक निश्चित दिनमा, सबै यहूदीहरूलाई मारिनेछन् ।

एस्थर ३:८–११, १३

छवि
मोर्दकै एस्तरसँग कुरा गर्दै

मोर्दकैयाले एस्थरलाई राजासँग कुरा गर्न भने । राजाले हामानको व्यवस्था परिवर्तन गरेर यहूदीहरूलाई बचाउन सक्थे । तर एस्तर डराईन् । कहिलेकाहीँ निमन्त्रणा बिना बोल्न आउने मानिसहरूलाई राजाले मारिदिए ।

एस्थर ४:५–११

छवि
एस्तर मानिसहरूलाई हेर्दै

मोर्दकैले एस्तरलाई मारिने यहूदीहरूका बारेमा सोच्न आग्रह गरे । मोर्दकैले भने कि यहूदीहरूलाई बचाउनका लागि परमप्रभुले एस्तरलाई राजाको दरबारमा राख्नु भएको हुन सक्छ ।

एस्थर ४:१३-१४

छवि
एस्तर प्रार्थना गर्दै

एस्तरलाई थाहा थियो कि यदि यसको अर्थ मारिन नै परे तापनि उनले राजासँग कुरा गर्नुपर्छ । एस्तरले सबै यहूदी र आफ्ना सेवकहरूलाई उनीसँगै उपवास बस्न अनुरोध गरीन् ।

एस्थर ४:१५-१६

छवि
एस्तर ढोकामा हेर्दै

तीन दिनसम्म उपवास बसेपछि एस्तरले आफूलाई तयार पारिन् र राजालाई भेट्न गईन् ।

एस्थर ५:१

छवि
एस्तर राजासामु झुक्दै

जब उनी राजाकहाँ पुगिन्, उनले आफ्नो राजदण्ड पसारे । यसको अर्थ राजा तिनलाई देखेर खुसी भए र तिनलाई मार्ने थिएनन् । तिनले के चाहन्छिन् भनेर उनले सोधे । एस्तरले राजालाई आफ्ना मानिसहरू खतरामा छन् भनी बताईन् । हामानको व्यवस्थाका कारणले गर्दा, उनी र राज्यका सबै यहूदीहरूलाई मारिने थियो ।

एस्थर ५:२–३; ७:४–६

छवि
सिपाही मानिसहरूलाई घोषणा गर्दै

राजा हामानसँग रिसाए र तिनलाई मारे । राजाले यहूदीहरूलाई सुरक्षा दिने नयाँ नियम बनाए । अब तिनीहरूलाई कसैले चोट पुर्‍याउने प्रयास गरेमा आफू स्वयंलाई बचाउन अनुमति दिइएको थियो ।

एस्तर ७:९–१०; ८:१०–११

छवि
एस्थर

परमप्रभुमा एस्तरको आस्था र राजासँग कुरा गर्ने उनको साहसले आफ्ना मानिसहरूलाई बचायो । मृत्यु र शोकको सट्टा, त्यहाँ भोज थियो । यहूदीहरूले उत्सव मनाए ।

एस्थर ८:१६–१७; ९:१८–३२

प्रिन्ट गर्नुहोस्