Scripture Stories
नोआ र उनका परिवार


“नोआ र उनका साथीहरू,” पुरानो करारका कथाहरू (२०२१)

“नोआ र उनको परिवार,” पुरानो करारका कथाहरू

उत्पत्ति ६–९; मोशा ८

नोआ र उनका परिवार

एउटा जहाज, बाढी र परमप्रभुका प्रतिज्ञाहरू

छवि
नोआ मानिसहरूलाई हेर्दै

नोआ र तिनको परिवारले परमप्रभुको आज्ञा पालना गरे । अरू सबै मानिसहरू धेरै पतीत थिए । यदि मानिसहरूले पश्चात्ताप गरेनन् भने बाढीले पृथ्वीलाई ढाक्ने भनेर परमप्रभुले नोआलाई बताउनुभयो ।

उत्पत्ति ६:५-१३; मोशा ८:१३-१७

छवि
नोआ मानिसहरूलाई सिकाउँदै

नोआले मानिसहरूलाई सिकाउनुभयो कि परम प्रभुले तिनीहरूलाई माया गर्नुहुन्छ र तिनीहरूले पश्चात्ताप र येशू ख्रीष्टमा विश्वास गरेको चाहनुहुन्छ । तिनीहरूले सुनेनन् ।

मोसा ८:१९–३०

छवि
नोआ र परिवार जहाज बनाउदै ।

मानिसहरूपश्चाताप नगरेकोमा नोआ दु:खी भए । परमप्रभुले नोआलाई एउटा एउटा ठूलो जहाज बनाउन भन्नुभयो । नोआको परिवारलाई पानी जहाजले बाढीको समयमा सुरक्षित राख्नेछ ।

उत्पत्ति ६:१४-१८; मोशा ८:२५

छवि
जनावरहरू पानी जहाजमा ड्दै

नोआका परिवारका पानी जहाजमा खाना ल्याए । परमप्रभुले नोआकहाँ हरेक किसिमका कम्तीमा दुईवटा जनावरहरू पठाउनुभयो । जनावरहरू पानी जहाजभित्र पसे, र सात दिनपछि पानी पर्न सुरू गर्‍यो ।

उत्पत्ति ६:१८-२२; ७:१-९

छवि
समुद्रमा तैरिरहेको पानी जहाज

जसरी परमप्रभुले चेताउनी दिनुभएको थियो, ४० दिन र ४० रातसम्म पानी पर्‍यो । बाढीले पृथ्वीलाई छोप्यो ।

उत्पत्ति ७:६–२३

छवि
नोआ र परिवार

नोआको परिवार र पानी जहाजमा भएका सबै जनावरहरू पानीमा सुरक्षित तैरिए ।

उत्पत्ति ७:२४; ८:१–३

छवि
नोआ, परिवार र जमीनमा जनावरहरू

जब बाढी समाप्त भयो, पानी जहाज सुख्खा जमिनमा उत्रियो । नोआ र तिनका परिवारले परमप्रभुको आराधना गर्न र उनीहरूको रक्षाका लागि उहाँलाई धन्यवाद दिन वेदी बनाए । परमप्रभुले पृथ्वीमा फेरि कहिल्यै बाढी नल्याउने प्रतिज्ञा गर्नुभयो । उहाँले आफ्नो प्रतिज्ञाको सम्झनाका लागि इन्द्रेणी पठाउनुभयो ।

उत्पत्ति ८:१३–२२; ९:८-१७

प्रिन्ट गर्नुहोस्